फिलिपिन्सद्वारा विवादित जलक्षेत्रमा चीनले युद्धपोत तैनाथीको विरोध « Khabarhub

फिलिपिन्सद्वारा विवादित जलक्षेत्रमा चीनले युद्धपोत तैनाथीको विरोध


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवादित समुद्री क्षेत्रमा चीनले युद्धपोत तैनाथ गरेको भन्दै फिलिपिन्सले कडा निन्दा गरेको छ । आफ्नो विशेष आर्थिक क्षेत्र भनेर दाबी गर्ने समुद्री क्षेत्रमा चिनियाँ युद्धपोत तैनाथ भएपछि फिलिपिन्सले निन्दा गरेको हो ।

फिलिपिन्सले चीनलाई औपचारिक विरोधपत्र लेख्दै उत्तेजना बढाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सन् २०२२ मा फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता फिलिपिन्सले चीनलाई झण्डै २ सय वटा यस्ता विरोधपत्र बुझाइसकेको छ ।

हालैमात्र दक्षिण चीन सागरको स्कारबोरो शोल क्षेत्रमा चिनियाँ तटरक्षक बलका दुई वटा युद्धपोत देखा परेको थियो । तीमध्ये एउटा युद्धपोत अत्यन्त ठूलो रहेको जनाइएको छ ।

द मोनस्टर नाम दिइएको उक्त युद्धपोतको लम्बाइ १ सय ६५ मिटर छ । यो युद्धपोत चिनियाँ तटरक्षक बलको मातहतमा रहेको सबैभन्दा ठूलो ‘५९०१’ हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : २७ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप