आइतबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आइतबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ६२ पैसा र बिक्रीदर १३९ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिदर १४५ रुपियाँ ०७ पैसा र बिक्रीदर १४५ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपियाँ ४० पैसा र बिक्रीदर १७५ रुपियाँ १५ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ६७ पैसा र बिक्रीदर १५४ रुपियाँ ३४ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८२ पैसा र बिक्रीदर ८८ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ७१ पैसा र बिक्रीदर ९८ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

जापानी येन १० को खरिददर ०९ रुपियाँ ०८ पैसा र बिक्रीदर ०९ रुपियाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७ रुपियाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८ रुपियाँ १९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २६ पैसा र बिक्री दर ३१ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९१ पैसा र बिक्रीदर १२ रुपियाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४५ पैसा र बिक्री दर १९ रुपियाँ ५३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ५० पैसा र बिक्रीदर ४५१ रुपियाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ७८ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ०४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ६० पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : ३८ बजे

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको छ’

काठमाडौं– सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ