ओसासुनले तोड्यो एम्बाप्पेको अग्रताः १० खेलाडीमा सीमित रियल बराबरीमा रोकियो « Khabarhub

ओसासुनले तोड्यो एम्बाप्पेको अग्रताः १० खेलाडीमा सीमित रियल बराबरीमा रोकियो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित रियल म्याड्रिड ओसासुनासँग १/१ गोलको बराबरीमा रोकिएको छ।

सो खेलमा इंग्ल्यान्डका स्टार जुड बेलिङघमले रातो कार्ड पाएका थिए। खेलको १७ औँ मिनेटमा फ्रेडिको भेल्भार्डोको क्रसलाई उपयोग गर्दै केलिएन एम्बाप्पेले रियललाई अग्रता दिलाएको खेलको ३९ औँ मिनेटमा बेलिङघमले रातो कार्ड पाए।

पहिलो हाफमै १० खेलाडीमा सीमित भएको रियलविरुद्ध पाएको पेनाल्टीको उपयोग गर्दै ओसासुनले ५८ औँ मिनेटमा बराबरी गोल गरेको हो। उसका लागि एन्टे बुडिमिरले प्राप्त पेनाल्टीलाई उपयोग गरेका थिए।

यो बराबरी खेलपछि स्पेनिस लिगमा रियलको उपाधि यात्रा कठिन बनेको छ।

शनिबार भएका अन्य खेलमा डेपोर्टिभो अल्भास र लेगानेसको बिचमा ३/३, एट्लेटिको म्याड्रिड र सेल्टा भिगोको बिचमा १/१ तथा भिल्लारियल र भ्यालेन्सिया बिच १/१ गोलको बराबरी भएको छ।

स्पेनिस ला लिगाको तालिकामा रियल म्याड्रिडको ५१, एट्लेटिकोको ५० तथा एक खेल कम खेलेको बार्सिलोनाको ४८ अङ्क छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ६ : ३१ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले