ओमारको ह्याट्रिकमा न्यु क्यासलमाथि सिटीको शानदार जित « Khabarhub

ओमारको ह्याट्रिकमा न्यु क्यासलमाथि सिटीको शानदार जित


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमार मार्समाउथको ह्याट्रिकको साथमा म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि शानदार जित निकालेको छ।

ओमारले खेलको १४ मिनेटको अन्तरमा तीन गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियरसिपको खेलमा न्यु क्यासललाई ४-० ले हराएको हो।

१९ औँ मिनेटमा पहिलो गोल गरेका उनले २४ औँ, ३३ औँ मिनेटमा थप गोल गरेका थिए। गत महिना एनरिच फ्रान्कफर्ट सिटी पुगेकै उनले यस अघिको चार खेलमा कुनै गोल गरेका थिएनन्।

८४ औँ मिनेटमा जेम्स म्याकइटीले चौथो गोल गरे। जितसँगै सिटी चौथो स्थानमा उक्लिएको छ। तालिकामा सिटी ४४ अंकसहित चौथो तथा न्यु क्यासल ४१ अंकसहित सातौँ स्थानमा छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ०६ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले