रुस-युक्रेन युद्ध अन्त्यको वार्ता साउदी अरबमा हुने « Khabarhub

रुस-युक्रेन युद्ध अन्त्यको वार्ता साउदी अरबमा हुने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – लामो समयदेखि जारी रुस र युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबमा वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत हेइथ केलगले वार्ता साउदी अरबमा गर्ने तयारी भएको बाताएका हुन् ।

ह्वाइट हाउसका अधिकारीले आउँदो दिनमा साउदी अरेबियामा युक्रेन युद्ध अन्त्यका लागि वार्ता हुने प्रष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

वार्ताको तयारीका लागि अमेरिकी विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत साउदी अरब जानेछन्। रुसबाट वार्ताको तयारीमा को उपस्थित हुने भन्ने टुंगो लागि नसकेको समाचारमा उल्लेख गरिएको छ ।

तयारी सफल भएमा साउदी अरबमा अमेरिकी राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीले त्रिपक्षीय छलफलको वातावरण बन्नेछ।

यता रुसी राष्ट्रपति पुटिनसँग ट्रम्पले वार्ता सुरु गरेपछि युरोपेली नेताले युक्रेनको विषयमा छलफल गर्नका लागि सम्मेलनको आयोजना गर्ने भएका छन्।

बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन । गेट्टी इमेज

बैठकमा सहभागी हुने अनुमान गरिएका बेलायती प्रधानमन्त्री केइर स्टेइमरले राष्ट्रिय सुरक्षा र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को हितका लागि युरोपेली एक जुट हुन आवश्यक रहेको बताएका छन्।

युक्रेन मामलामा अमेरिका र युरोपलाई एकै ठाउँमा ल्याउने प्रयास गर्ने समेत स्टेइमरले बताएका छन्।

यो महिनाको अन्त्यमा स्टेइमर अमेरिका भ्रमणमा जाँदै छन्। यसका लागि उनले युरोपेली नेताहरूको मत बुझ्ने छन्।

पोल्यान्डका विदेश मन्त्री राडोस्ला सिरोस्काइले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले सम्मेलनका लागि बोलाएको जानकारी दिएका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १७ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी