कल्कीका निर्देशकको नयाँ फिल्ममा आलिया भट्टलाई ल्याउने तयारी « Khabarhub

कल्कीका निर्देशकको नयाँ फिल्ममा आलिया भट्टलाई ल्याउने तयारी


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हैदाराबाद– नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८ एडी’ ले गत वर्ष बक्स अफिसमा धूम मच्चाएको थियो । प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनजस्ता स्टारहरू अभिनीत यो फिल्मले विश्वव्यापी रूपमा १०४२.२५ करोड रुपैयाँ संकलन गरेको थियो । अहिले फेरी नाग अश्विनले आफ्नो अर्को फिल्मको तयारी गर्न थालेका छन् र यसका लागि आलिया भट्टसँग कुराकानी भइरहेको जनाइएको छ । 

आलिया भट्ट अहिले सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा उनी रणवीर कपुर र विक्की कौशलसँग काम गरिरहेकी छिन । यसको छायाङ्कन अक्टोबर २०२५ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तर, पिंकभिलाको रिपोर्ट अनुसार यदि सबै ठीक भयो भने आलियाले राष्ट्रिय पुरस्कार विजेता निर्देशक नाग अश्विनसँग अब चाँडै काम गर्ने छिन् । आलिया केही समयदेखि एउटा स्क्रिप्टको खोजीमा छिन्, जुन ‘लभ एन्ड वार’ पछि उनको अर्को फिल्म बन्न सक्छ ।

स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि नाग अश्विनले ‘कल्की २८९८ एडी’ को अर्को भाग अघि अर्को नयाँ फिचर फिल्मको योजना बनाइरहेका छन्। जसमा उनी आलियासँग जोडिन खोजिरहेका छन् । 

यसमा भनिएको छ, ‘अहिले फिल्मको विधा र कथानक जस्ता जानकारी गोप्य राखिएको छ तर नाग अश्विनले आलिया भट्टसँग आफ्नो अर्को फिल्ममा काम गर्न सक्नेछन् । दुवैबीच प्रारम्भिक कुराकानी भइसकेको छ र आलियालाई पनि कथा मन परेको छ ।’ अहिले दुवै बीचको वार्ता अन्तिम चरणमा रहेको पनि बताइएको छ । 

तर, आलियाले नोभेम्बरबाट मात्रै अर्को फिल्मको सुटिङ गर्न सक्ने भएकाले पनि सुटिङको मिति तय भइसकेको जनाइएको छ । नाग अश्विन पनि आफ्नो अर्को फिल्म नोभेम्बरबाट नै सुरु गर्न चाहन्छन् किनकि अब उनले ‘कल्की २८९८ ईस्वी’ मा पनि काम गर्न बाँकी छ, जसको छायाङ्कन २०२६ को दोस्रो हाफमा सुरु हुने जनाइएको छ । तर, नाग अश्विनले आलियासँग काम गर्न खोजेको फिल्मको नाम भने अझै सार्वजनिक भइसकेको छैन । 
 
तर, आलिया भट्टले भने निर्देशक अभिषेक पाठकसँग ‘हाउसवाइफ’ नामक रोमान्टिक फिल्म साइन गर्न लागेकी थिइन् । यसबारे अझै वार्ता जारी छ । आलियाका कुरा गर्दा वर्कफ्रन्टमा आलियासँग हाल धेरै ब्याक टू ब्याक फिल्महरू रहेका छन्।

‘लभ एन्ड वार’ बाहेक उनी वाईआरएफ स्पाई युनिभर्सको ‘अल्फा’ मा पनि एक्सन गर्दै देखिने छिन् भने उनी ‘हाउसवाइफ’ र म्याडकको हरर कमेडी युनिभर्सको ‘चामुण्डा’ मा पनि देखिने भएकी छिन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : ३१ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर