गाउँले गएनन् मलामी, २४ घण्टापछि ट्याक्टरमा लगियो प्रकाशकी आमाको शव « Khabarhub

गाउँले गएनन् मलामी, २४ घण्टापछि ट्याक्टरमा लगियो प्रकाशकी आमाको शव


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी- बैतडीका प्रकाश दमाईकी आमाको शव २४ घण्टापछि घाट लगिएको छ । मलामी नपाएर घरको आँगनमै राखिएको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडमा रहेको तिपडा घाट पुर्‍याइएको हो ।

बैतडीको सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना दमाइको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो । छिमेकी कसैले पनि मलामी जान नमानेपछि ट्याक्टर प्रयोग गरेर सीमित आफन्तले शवको दाहसंस्कार गरेका हुन् ।

प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । तर उनलाई छिमेकी कसैले पत्याएनन् । तराईबाट आएका आफन्तहित दुईजना गैरदलित समुदायका गरी १८ जना शवयात्रामा सहभागी भए ।

करिब तीन सयजनाको बसोबास रहेको सिगास–१ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाई समुदायको एक्लो हो ।

उनकी ६१ वर्षीया आमा मानाको शव बोक्न कोही स्थानीय नमानेपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि दाहसंस्कारका लागि लगिएको हो । त्यसअघि छिमेकी कसैले पनि मलामी जान मानेनन् ।

आइतबार बिहान ११ बजे शवयात्रा सुरु सहभागी स्थानीय नरबहादुर साउदले बताए । छिमेकी डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए । आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुईजना मात्र मसानघाट पुगेको जानकारी दिए ।

सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के घाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुर्ख्यौली घाट पाटनमा दाहसंस्कार गरिएको प्रकाशले बताए ।

सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीले समेत शव बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर उठाइएको हो ।

सिगास–१ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसे । तीबाहेक कसैले पनि सहानुभूति दिएनन् ।

दलित भएकै कारण प्रकाशकी आमाको शव २४ घण्टासम्म घरमै राख्नु परेको हो । छिमेकीले सामाजिक मर्यादा र मानवताको धर्मसमेत निर्वाह गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ ।

केही सामाजिक मान्यताका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले स्वीकार गरेका छन् । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि केही रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : १५ बजे

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण