सरकारले शहीदमार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति  « Khabarhub

सरकारले शहीदमार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले शहीदमार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्टाइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए । 

पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए ।  

‘चालु आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो । हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ । 

सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराउँछु’, पुनले भने,‘ त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ ।’ 

सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : २३ बजे

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,

जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी

पर्सा– पूर्व खानेपानी मन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट