प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- कार्यक्रम रद्द गर्नेले नै त्यसको प्रगति खोज्ने ? « Khabarhub

प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- कार्यक्रम रद्द गर्नेले नै त्यसको प्रगति खोज्ने ?


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालामाथि कटाक्ष गरेका छन् ।

ओलीले आइतबार सांसदहरूसँग प्रत्यक्ष सवाल-जवाफका क्रममा ज्वालाले पालिकाहरूमा आधारभूत अस्पताल र नागढुंगासहितको सुरुङमार्गबारे प्रश्न गरेपछि कटाक्ष गरेका हुन् ।

उनले हरेक पालिकामा आधारभूत अस्पतालको कार्यक्रम ज्वाला भौतिक मन्त्री भएका बेला काटिएको पनि स्मरण गराए ।

‘मेरो अघिल्लो कार्यकालमा मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालहरूको आवश्यकता महसुस गरी सो को निर्माणको सुरुवात गरेको थिएँ’, उनले भने, ‘तर त्यसको केही समयपछि नै सरकार परिवर्तन भएर म बाहिरिएँ । त्यसपछि आउने सरकारहरूले ती कार्यक्रम रद्द गरे। निर्माण रोकियो ।’

तत्कालीन पुष्कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री रहेका ज्वालाले नै ती कार्यक्रम रद्द गरेको भन्दै ओ‌लीले उल्टै प्रतिप्रश्न गरे ।

‘प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ’, उनले भने, ‘कार्यक्रमहरू रद्द गर्नेले नै फेरि त्यसको प्रगति खोज्ने हामीमा अनौठो संस्कार छ ।’

माथि उल्लेखित सबै सडक र अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठूलो बजेटको आवश्यकता पर्ने पनि उनले बताए ।‘ती अस्पतालहरू केही संख्यामा निर्माण सम्पन्न भएका छन्’, उनले भने, ‘उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पतालहरू प्राथमिकता पूर्वक निर्माण भइरहेका छन्। हामी फेरि सरकारमा आएको ६ महिना पुग्यो ।’

सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँदै ओलीले स्थानीय तहमा ५/१०/१५ बेडका अस्पतालहरू निर्माणाधीन रहेका बताए । उनले अस्पतालको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनका लागि उपलब्ध स्रोत र साधनको प्राथमिकताकासाथ विनियोजन गरिरहेको र आगामी वर्ष पनि प्राथमिकतापूर्वक विनियोजन गरिने बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  २ : ३८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को