संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई फुटाइदिएको पनि उनले स्मरण गराएका छन् । तर अहिलेको सरकारले जनतालाई नै लक्षित गर्दै अध्यादेश ल्याउँदा विपक्षी दलहरूले भ्रम फैलाएको आरोप पनि आइतबारको संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा लगाएका छन् ।

प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराए ।

उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् ।

‘मेरै पार्टी फुटाउनका लागि यहाँहरूले अध्यादेश जारी गर्नुभएको होइन र ?’, उनले भने, ‘अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ पार्टी फुटाउन ल्याउन लागियो भनेर । कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।’

प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा माओवादी उपमहासचिव वर्षमान पुनले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० वैशाख २० गते सम्झिन आग्रह गरे ।

०८० वैशाख २० गते संसद् अधिवेशन आह्वान हुनु चार दिनअघि अध्यादेश ल्याएको स्मरण गर्न ओलीले वर्षमानलाई आग्रह गरे ।

‘२०८० वैशाख २० गते सम्झिन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिनअघि अध्यादेश ल्याएको थियो,’ ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने त्यो बेग्लै कुरा भयो ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : २४ बजे

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना