संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन « Khabarhub

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई फुटाइदिएको पनि उनले स्मरण गराएका छन् । तर अहिलेको सरकारले जनतालाई नै लक्षित गर्दै अध्यादेश ल्याउँदा विपक्षी दलहरूले भ्रम फैलाएको आरोप पनि आइतबारको संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा लगाएका छन् ।

प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराए ।

उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् ।

‘मेरै पार्टी फुटाउनका लागि यहाँहरूले अध्यादेश जारी गर्नुभएको होइन र ?’, उनले भने, ‘अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ पार्टी फुटाउन ल्याउन लागियो भनेर । कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।’

प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा माओवादी उपमहासचिव वर्षमान पुनले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० वैशाख २० गते सम्झिन आग्रह गरे ।

०८० वैशाख २० गते संसद् अधिवेशन आह्वान हुनु चार दिनअघि अध्यादेश ल्याएको स्मरण गर्न ओलीले वर्षमानलाई आग्रह गरे ।

‘२०८० वैशाख २० गते सम्झिन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिनअघि अध्यादेश ल्याएको थियो,’ ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने त्यो बेग्लै कुरा भयो ।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : २४ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६