हेमोफिलियाको औषधी निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता  | Khabarhub Khabarhub

हेमोफिलियाको औषधी निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयमा सम्झौता 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ ।

गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए । 

निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैँ व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता शुक्रबार भएको हो । 

अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ । 

मन्त्री पौडेलले राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका थिए ।

नेपालमा हाल करिब नौ सय जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।

संघीय अस्पतालहरू सिभिल, वीर तथा कान्तिसँगै देशैभरका प्रादेशिक गरी १२ अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । यसका लागि ती अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने मन्त्रालयको तयारी छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ४५ बजे

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली– कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ

केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै