ओस्कार अवार्ड- २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने « Khabarhub

ओस्कार अवार्ड- २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ऋतिक रोशन र ऐश्वर्या रायको फिल्म ‘जोधा अकबर’लाई फ्यानहरूले निकै रुचाएका थिए । यो एक पिरियड ड्रामा फिल्म थियो र यसमा ऋतिक–एशको जोडीले फ्यानबाट धेरै माया पाएको थियो । यो फिल्म रिलिज भएको १७ वर्ष भइसकेको छ ।

यस विशेष अवसरमा, ओस्कार अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले यस फिल्मको विशेष स्क्रिनिङको घोषणा गरेको छ। मार्चमा यो फिल्मको स्पेशल स्क्रिनिङ हुनेछ । आशुतोष गोवारीकर निर्देशित ‘जोधा अकबर’ सन् २००८ मा रिलिज भएको थियो ।

यो एक ऐतिहासिक रोमान्टिक फिल्म थियो, जसमा ऋतिक रोशनले अकबरको भूमिका निभाएका थिए भने ऐश्वर्या रायले जोधाबाईको भूमिका निभाएकी थिइन । 

फिल्मले फ्रेबुअरी १५ मा  १७ वर्ष पूरा गरेको छ । फिल्म ‘जोधा अकबर’को विरासतलाई कायम राख्दै एकेडेमीले मार्च २०२५ मा लस एन्जलसमा फिल्मको विशेष स्क्रिनिङको आयोजना गरेको छ । यो ‘जोधा अकबर’ को लागि उत्सव भन्दा कम छैन।

फिल्मको बारेमा आशुतोष गोवारीकर भन्छन्, ‘जोधा अकबरको १७ वर्ष पूरा भएकोमा दर्शकप्रति म धेरै आभारी छु । मानिसहरूले यसलाई आफ्नो सम्झनामा राखेका छन् र अझै पनि प्रेम व्यक्त गरिरहेका छन् । 

फिल्मको रिलिजदेखि लिएर ओस्कारमा स्पेशल स्क्रिनिङसम्म सबैको मिहिनेतका कारण फिल्म सफल भएको छ । फिल्मले विश्वभरका दर्शकको माया पाएको छ ।”

केही दिन अघि ‘जोधा अकबर’ को बारेमा खबर आएको थियो कि फिल्ममा ऐश्वर्या राईले लगाएको लेहेंगालाई एकेडेमीले मोसन प्रदर्शनीका लागि राखेको थियो । 

यो पोशाक प्रसिद्ध डिजाइनर नीता लुल्लाले डिजाइन गरेकी थिइन । ‘जोधा अकबर’ यसको भव्य सेट र शाही भव्यताका लागि मात्रै होइन, बरु, यो फिल्म यसको उत्कृष्ट छायांकन, उत्कृष्ट वेशभूषा र उत्कृष्ट ध्वनि ट्र्याकको लागि पनि सम्झना गरिन्छ । 

यस फिल्ममा ऐश्वर्या र ऋतिकका साथै सोनु सुद, रजा मुराद, इला अरुण, सुहासिनी मुळे र निकितन धीरले पनि अभिनय गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : १४ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु