भूमिसम्बन्धी अध्यादेशबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ « Khabarhub

भूमिसम्बन्धी अध्यादेशबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले आइतबार कारण देखाऊ आदेश जारी गरेको हो ।

सरकारले गत माघ २ गते ल्याएको भूमिसम्बन्धी अध्यादेशले सर्वोच्चको फैसलाको अपमान भएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

झापाको गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर उल्टै भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै अधिवक्ता अर्यालललेप्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको भन्दै अधिवक्ता अर्यालले ओलीलाई पदबाट मुक्त गर्नुपर्नेसमेत माग गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ७ : ३६ बजे

‘आबाट आमा’को सिक्वेलको वैशाखमा सुटिङ, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि