भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु « Khabarhub

भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

पलनाडु – भारतको पल्नाडु जिल्लाको राजुपालम मण्डलमा ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शेख नाजिमा (५०), शेख नुरउल्लाह (२६) र शेख हबिबुल्लाह (२४) रहेका छन् । सत्तेनपल्ली ग्रामीण वृत्तका निरीक्षक सुब्बारावले घटनाको पुष्टि गर्दै विपरित दिशाबाट आएको ट्याङ्कर डिभाइडर नाघेर भित्र रहेका यात्रुसहितको कारसँग ठोक्किएको बताए ।

अधिकारीले भने,“कार हैदरावादबाट प्रकाशम जिल्लाको मद्दिपाडु जाँदै थियो । दुर्घटना बिहानै भएको थियो । कारमा सवार तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।”

यसअघि शनिबार आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ३५ विद्यार्थी बोकेको बस पल्टिँदा पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार बस आन्ध्र प्रदेशको मन्डासा र उमागिरी बीचको पोखरीमा पल्टिएको थियो ।

घाइते विद्यार्थीलाई उपचारका लागि मण्डासा अस्पताल लगिएको छ । मण्डासाका प्रहरी नायब निरीक्षक कृष्णप्रसादले दुर्घटनाको मुद्दा दर्ता भएको पुष्टि गरे । पोखरीबाट बस निकालिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ४१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।