भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु « Khabarhub

भारतमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

पलनाडु – भारतको पल्नाडु जिल्लाको राजुपालम मण्डलमा ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शेख नाजिमा (५०), शेख नुरउल्लाह (२६) र शेख हबिबुल्लाह (२४) रहेका छन् । सत्तेनपल्ली ग्रामीण वृत्तका निरीक्षक सुब्बारावले घटनाको पुष्टि गर्दै विपरित दिशाबाट आएको ट्याङ्कर डिभाइडर नाघेर भित्र रहेका यात्रुसहितको कारसँग ठोक्किएको बताए ।

अधिकारीले भने,“कार हैदरावादबाट प्रकाशम जिल्लाको मद्दिपाडु जाँदै थियो । दुर्घटना बिहानै भएको थियो । कारमा सवार तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।”

यसअघि शनिबार आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ३५ विद्यार्थी बोकेको बस पल्टिँदा पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । अधिकारीहरूका अनुसार बस आन्ध्र प्रदेशको मन्डासा र उमागिरी बीचको पोखरीमा पल्टिएको थियो ।

घाइते विद्यार्थीलाई उपचारका लागि मण्डासा अस्पताल लगिएको छ । मण्डासाका प्रहरी नायब निरीक्षक कृष्णप्रसादले दुर्घटनाको मुद्दा दर्ता भएको पुष्टि गरे । पोखरीबाट बस निकालिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ४१ बजे

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीका आयोजना नै अलपत्र, डेढ दशक बित्दा पनि पूरा भएनन्

काठमाडौं- राष्ट्रिय आयोजना आयोगका अध्यक्षमा प्रधानमन्त्री स्वयम् रहने व्यवस्था देशका

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत

काठमाडौं– सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं– निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ र नेपाल