पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते « Khabarhub

पाकिस्तानमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, ७ घाइते


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

दुर्घटनास्थलमा उद्धार टोली तुरुन्तै पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगियो । लेयाह जिल्लामा एक ट्रकसँग ठोक्किएर ट्र्याक्टर ट्रली पल्टिँदा तीन दाजुभाइसहित चार जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडक दुर्घटनाहरू पाकिस्तानमा चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षहरूमा सडक दुर्घटनाहरू उल्लेखनीय रूपमा बढ्दै गएको छ । लापरबाही, सडकको खराब अवस्था र सवारी साधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १० : ०३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।