पिएम कप : एपिएफ र कर्णाली, गण्डकी र कोशीसँगै बागमती र लुम्बिनी भिड्दै « Khabarhub

पिएम कप : एपिएफ र कर्णाली, गण्डकी र कोशीसँगै बागमती र लुम्बिनी भिड्दै


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्। आइतबार एपिएफ क्लब र कर्णाली प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ। अर्को खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी र बागमतीको खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। सबै खेल बिहान ९ बजे सुरु हुने छन्।

जारी प्रतियोगितामा चार खेल खेलेका आर्मी र पुसिको समान आठआठ अंक छ। रनरेटका आधारमा पुलिस शीर्ष स्थानमा छ भने आर्मी दोस्रो स्थानमा छ। यी दुवै टिम अपराजित छन्।

विभागीय टोली एपिएफले तीनमा एक खेल गुमाएर चार अंक जोडेको छ। तालिकामा एपिएफ तेस्रो स्थानमा छ।
समान चार अंक भएको लुम्बिनी रनरेटका आधारमा चौथो स्थानमा छ।

मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीले दुईदुई अंक जोडेका छन्। मधेशले तीन खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीनतीन खेल खेलिसकेका छन्।

चार खेल खेलिसकेको कोशी प्रदेश अंकबिहीन तालिकाको पुछारमा छ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ७ : १५ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण