हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण « Khabarhub

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण गरेको छ। रेड सीमा आक्रमणको तयारी गरेका कारण यो कदम लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

‘इरानको सहयोगमा सञ्चालित हाउथीले अमेरिकी एयर क्राफ्टमा आक्रमण गरेको तथा हामी र हाम्रा सहयोगीलाई निसाना बनाएका छन्’, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।

ट्रम्पले उनीहरूको आक्रमणका कारण अर्बौँ डलर जोखिममा रहेको तथा धेरै जीवन पनि समस्यामा परेको बताए। हाउथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले कम्तीमा १५ जनाको ज्यान गएको बताएको छ।

हमास इजरायल युद्धको प्रतिकार स्वरूप सो समूहले पानी जहाजमा कब्जा जमाउने नीति लिएको थियो। अमेरिकी आक्रमणपछि सो समूहले प्रतिकार गर्ने जनाएको छ।

हाउथीले शनिबार साँझ साना र उत्तरी सादामा धेरै विस्फोट भएको जनाएको छ। साउदी अरेबियाको सीमामा रहेको सो स्थानमा हाउथीको धेरै प्रभाव छ। इरानको सहयोगमा सञ्चालित सो समूहको साना र यमनको उत्तर पश्चिममा धेरै पकड छ। समूहले इजरायललाई आफ्नो मुख्य शत्रु घोषणा गरेको छ।

सो समूहले अमेरिका र बेलायतले नागरिक माथि लक्षित गर्दै आक्रमण गरेको आरोप लगाएको छ। अहिलेसम्म आक्रमणमा बेलायत संलग्न भएको भने खुलेको छैन।

सन् २०२३ यता हाउथीले रेड सी र गल्फ अफ एडनलाई निसाना बनाउँदै मिसाइल र ड्रोन आक्रमण गरेको छ। उनीहरूको आक्रमणका कारण दुई जहाज डुबेको छ भने एउटा अपहरणमा लिइएको थियो। चार जना चालक दलका सदस्य मारिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले यी सबै स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ०७ बजे

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान