निजामती अस्पतालको निर्देशकबारे अमरेशको आरोप- पहिलो नम्बरका प्रमोद यादवलाई मधेसी भनेर हेपियो « Khabarhub

निजामती अस्पतालको निर्देशकबारे अमरेशको आरोप- पहिलो नम्बरका प्रमोद यादवलाई मधेसी भनेर हेपियो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद डा.अमरेशकुमार सिंहले काठमाडौंस्थित निजामती अस्पतालको निर्देशकमा मेरिट लिस्टको १ नम्बरका प्रमोद यादवलाई विभेद गरिएको आरोप लगाएका छन् ।

लिस्टको १ नम्बरमा रहेका यादवलाई नियुक्ति नदिएर ३ नम्बरमा रहेकालाई नियुक्ति गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मधेसी समुदायको भएकै कारण यादवलाई सरकारले विभेद गरेको आरोप लगाए ।

‘भर्खरै निजामती अस्पतालको निर्देशकको नियुक्ति भएको छ । त्यहाँ पनि ३ नम्बरको मान्छेलाई नियुक्त गरियो । सिफारिस हुँदा मेरिट लिस्टको १ नम्बरमा प्रमोद यादव थिए’, उनले भने, ‘मधेशी भएका कारण त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ कि मधेशी, जनजाति, दलित, महिला भिख माग्न यो देशमा बसेका हुन् ?’

सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे ।

विशिष्टहरूले पदमा हुँदा पनि लुट्ने गरेको र विभिन्न काण्ड गराउने गरेको उनको आरोप छ । पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिइन नहुने उनले बताए ।

‘पूर्वविशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेल काण्डदेखि लिएर वाइडवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरू पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : २२ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक