एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो « Khabarhub

एमाले सांसद पन्तको दाबी- राजा महेन्द्रले हटाएको चुच्चे नक्सा गणतन्त्रले फर्कायो


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) सांसद रघुजी पन्तले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।

उनले वि.सं. २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्सा रहेको तर २०१७ सालपछि पञ्चायतपछि त्यो हराएको भन्दै जवाफ मागेका छन् । पन्तले गणतन्त्र आएपछि चुच्चे नक्सा ल्याएको बताए । चुच्चे नक्सा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न गरे ।

उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर। प्रयोग गरिएकोबारे प्रश्न उठाए ।

‘तपाईंहरू जुलुस निकाल्नुहुन्छ, राजावादीको भनेर । त्यहाँ यसो हेर्यो, सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’ उनले राजा महेन्द्रको सक्रिय राजतन्त्रकै पालामा नेपालको चुच्चे नक्‍सा हराएको आरोप लगाए ।

राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्सामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तले बताए ।

ज्ञानेन्द्र शाहको सक्रिय राजतन्त्रको पालामा भएका काण्ड पनि उनले स्मरण गराए । उनले तत्कालीन शाहज्यादा पारस शाह जोडिएको गायक प्रविण गुरुङको हत्याको प्रसंग पनि निकाले ।

उनले नेपाली जनतालाई राजतन्त्र नचाहिएको दाबी गरे । ‘सभामुखज्यूको पनि गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु, अहिलेको संविधानले राजतन्त्र चिन्दैन’, उनले भने, ‘त्यो विषयमा यो संसदभित्र छलफल गर्न पाइँदैन । राजतन्त्र भनेको विशेषाधिकार हो । संसारको प्रवाह भनेको गणतन्त्र हो ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ४७ बजे

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला