राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेन : मन्त्री भण्डारी  « Khabarhub

राउटेलाई देखाउने काम भयो, उपयोग हुन सकेन : मन्त्री भण्डारी 


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले राउटेलाई देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन् । 

वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर–प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधेस जस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताएका हुन् ।  

जङ्गलमा फिरन्ते राउटे समुदायले जलवायु परिवर्तनका कारण विभिन्न जोखिमहरूसँग सामना गरिरहेको बताए । ‘उनीहरूका लागि गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरूले योजनाबद्ध कार्यहरू गर्नुपर्छ,’ उनले भने,‘केवल राउटेलाई हेर्न जाने मात्रै हैन ।’ 

साथै, राउटेलाई मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भीर बन्नुपर्ने उनको भनाई थियो । स्वास्थ्य र शिक्षामा गम्भीर हुन ध्यान केन्द्रित गर्दै राउटे समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक भएको मन्त्री भण्डारीले बताए। 

राउटे समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेको जनाउँदै सोही अनुरूप प्रदेश सरकारले आगामी दिनमा योजनाबद्ध कार्य गर्ने जानकारी दिए।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १२ : ४९ बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार