‘पूर्वविशिष्टहरूलाई सुविधा बढाउने होइन, सांसदहरूकै घटाऊँ’ « Khabarhub

‘पूर्वविशिष्टहरूलाई सुविधा बढाउने होइन, सांसदहरूकै घटाऊँ’


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरूलाई सुविधा थप्ने कुरा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाव दिएका छन् ।

पूर्वविशिष्टहरूलाई दिइएको मनोमानी सुविधा पनि रोकिनुपर्ने उनको सुझाव छ । उनले सांसदहरूकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे । उनले अहिलेका विशिष्ट पदाधिकारीको समेत सुविधा घटाउनुपर्ने बताए ।

ज्वालाले अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको भन्दै सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाए ।

उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले राहत नपाएको, बाढी/पहिरो पीडितले पनि राहत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ५९ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक