‘पूर्वविशिष्टहरूलाई सुविधा बढाउने होइन, सांसदहरूकै घटाऊँ’ « Khabarhub

‘पूर्वविशिष्टहरूलाई सुविधा बढाउने होइन, सांसदहरूकै घटाऊँ’


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरूलाई सुविधा थप्ने कुरा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै ज्वालाले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाव दिएका छन् ।

पूर्वविशिष्टहरूलाई दिइएको मनोमानी सुविधा पनि रोकिनुपर्ने उनको सुझाव छ । उनले सांसदहरूकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे । उनले अहिलेका विशिष्ट पदाधिकारीको समेत सुविधा घटाउनुपर्ने बताए ।

ज्वालाले अहिले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र आर्थिक अवस्था जर्जर रहेको भन्दै सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाए ।

उनले अहिलेसम्म भूकम्प प्रभावित क्षेत्रका जनताले राहत नपाएको, बाढी/पहिरो पीडितले पनि राहत नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १२ : ५९ बजे

यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये

खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

एजेन्सी– अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको