आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन  | Khabarhub Khabarhub

आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन 

केही उद्योगमा कटौती गरिँदै


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।

भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए । 

‘हामीसँग वैकल्पिक धेरै व्यवस्था छन्, आरओआर र कुलेखानी छ, ती आयोजनाबाट ४ सय मेगावाट थपिन्छ’, प्रवक्ता घोषले भने । उनकाअनुसार प्राधिकरणले ठूला उद्योगलाई पिक आओरको समयमा बिजुली आपूर्ति नगर्ने समझदारी गरेको छ । त्यसअनुसार तराई क्षेत्रका प्रसारण लाइन व्यवस्थित नभएका केही उद्योग प्रभावित हुने बताइएको छ ।

भारतबाट १२ घण्टाभन्दा बढी समय बिजुली आपूर्ति नहुँदा पिक आओरमा औद्योगिक क्षेत्रका केही सीमित उद्योगमा सम्झौताअनुसार उपलब्ध नहुने प्रवक्ता घोषले बताएका छन् । उनकाअनुसार त्यो समय साँझ ५ बजेदेखि राती ११ बजेसम्म पिक आओरमा लागु हुन्छ ।

‘सम्झौताअनुसार पिक आओरमा दिन पाइँदैन, उहाँहरूले त्यसमा एग्रिमेन्ट पनि गर्नुभएको छ, समस्त उद्योगहरूमा कुनै समस्या हुँदैन’, उनी भन्छन्, ‘हाम्रो पावरहाउस हिमाली क्षेत्रमा छ, ठूला उद्योगहरू एकदमै तल छ, त्यसको लागि त प्रसारण लाइन पनि त्यहीअनुसारको चाहियो, भौगोलिक कारणले गर्दाखेरि कुनै–कुनै स्थानमा पुर्‍याउन नसकिने हुन्छ ।’

तर, काठमाडौं उपत्यका, मोरङ, बुटवल लगायतका औद्योगिक क्षेत्रमा भने समस्या नपर्ने प्रवक्ता घोषले बताएका छन् ।

पछिल्लो हप्तामा विभिन्न आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट थपिएको छ । बागलुङ, म्याग्दी लगायतका जिल्लामा सञ्चालित केही पावरहाउसबाट छिट्टै थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : ३६ बजे

विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरण गर्नुपर्नेमा प्रधानन्त्रीको जोड

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार