आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन  « Khabarhub

आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, प्राधिकरण भन्छ- तत्काल लोडसेडिङ हुँदैन 

केही उद्योगमा कटौती गरिँदै


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।

भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए । 

‘हामीसँग वैकल्पिक धेरै व्यवस्था छन्, आरओआर र कुलेखानी छ, ती आयोजनाबाट ४ सय मेगावाट थपिन्छ’, प्रवक्ता घोषले भने । उनकाअनुसार प्राधिकरणले ठूला उद्योगलाई पिक आओरको समयमा बिजुली आपूर्ति नगर्ने समझदारी गरेको छ । त्यसअनुसार तराई क्षेत्रका प्रसारण लाइन व्यवस्थित नभएका केही उद्योग प्रभावित हुने बताइएको छ ।

भारतबाट १२ घण्टाभन्दा बढी समय बिजुली आपूर्ति नहुँदा पिक आओरमा औद्योगिक क्षेत्रका केही सीमित उद्योगमा सम्झौताअनुसार उपलब्ध नहुने प्रवक्ता घोषले बताएका छन् । उनकाअनुसार त्यो समय साँझ ५ बजेदेखि राती ११ बजेसम्म पिक आओरमा लागु हुन्छ ।

‘सम्झौताअनुसार पिक आओरमा दिन पाइँदैन, उहाँहरूले त्यसमा एग्रिमेन्ट पनि गर्नुभएको छ, समस्त उद्योगहरूमा कुनै समस्या हुँदैन’, उनी भन्छन्, ‘हाम्रो पावरहाउस हिमाली क्षेत्रमा छ, ठूला उद्योगहरू एकदमै तल छ, त्यसको लागि त प्रसारण लाइन पनि त्यहीअनुसारको चाहियो, भौगोलिक कारणले गर्दाखेरि कुनै–कुनै स्थानमा पुर्‍याउन नसकिने हुन्छ ।’

तर, काठमाडौं उपत्यका, मोरङ, बुटवल लगायतका औद्योगिक क्षेत्रमा भने समस्या नपर्ने प्रवक्ता घोषले बताएका छन् ।

पछिल्लो हप्तामा विभिन्न आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट थपिएको छ । बागलुङ, म्याग्दी लगायतका जिल्लामा सञ्चालित केही पावरहाउसबाट छिट्टै थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  २ : ३६ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट