मिडिया एक्सन नेपाल ‘इन्टरनेशनल नेटवर्क फर इन्फर्मेसन एण्ड डेमोक्रेसी’ को सदस्य « Khabarhub

मिडिया एक्सन नेपाल ‘इन्टरनेशनल नेटवर्क फर इन्फर्मेसन एण्ड डेमोक्रेसी’ को सदस्य


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया विकास र प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्था मिडिया एक्सन नेपालले सूचना र लोकतन्त्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय नागरिक समाज सञ्जाल ‘ कोएलिसन अन इन्फर्मेसन एण्ड डेमोक्रेसी ‘मा आधिकारिक रूपमा सामेल भएको छ। 

‘फोरम अन इन्फर्मेसन एण्ड डेमोक्रेसी’ को नेतृत्वमा २०२१ मा स्थापित यस सञ्जालले मिडिया एक्सन नेपाल लगायत विश्वभरका ६५ प्रमुख नागरिक संस्थाहरूलाई एकै ठाउँमा ल्याउँदैछ र विश्वव्यापी सूचना तथा सञ्चार क्षेत्रमा लोकतन्त्रको रक्षाका उपायहरूलाई प्रवर्द्धन गरिरहेको छ।

हालै,एफआईडीआईएललाई मानव अधिकार र लोकतान्त्रिक संस्थाहरूमा डिजिटल सूचना इकोसिस्टमको प्रभावको मूल्याङ्कन गर्न र नियामक र स्व-नियामक उपायहरूको विकासमा सहयोग गर्न ५५ राष्ट्रहरूले समर्थन गरेको सूचना र लोकतन्त्रको लागि साझेदारीको कार्यान्वयन निकायको रूपमा स्थापित गरिएको छ ।

यस प्रभावशाली सञ्जालमा सामेल भएर , मिडिया एक्सन नेपालले सूचनाको अखण्डता सुनिश्चित गर्ने , अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने र गलत सूचना विरुद्ध लड्ने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । स्वतन्त्र र जिम्मेवार मिडियाको वकालत गर्न २०१५ मा स्थापित यस संस्थाले मिडिया विकास, पत्रकार सुरक्षा र नीति वकालतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
 

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : ४८ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते