मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु | Khabarhub Khabarhub

मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन– संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका अधिकारीहरुले बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमले घरका छानाहरू भत्केका र ठूला ट्रकहरू पल्टिएको देखाएका छन् र पूर्वानुमानकर्ताहरूले यस सप्ताहन्तमा अझ धेरै आँधी आउन सक्ने चेतावनी दिएका छन् ।

कन्सास राज्यमा ‘व्यापक धुलासहितको आँधी’का कारण भिजिबिलिटी कम भएका कारण ५० भन्दा बढी सवारी साधन एकआपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

मिसौरी राज्यको राजमार्ग अनुगमन बलले आँधीका कारण १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मौसमका कारण ध्वस्त भएको मरीना क्षेत्रमा डुङ्गाहरू एकअर्कामाथि थुप्रिएका तस्बिरहरू सार्वजनिक गरिएको छ । 

राज्य प्रहरीले रुख र बिजुलीका तारहरू ढलेको र भवनहरूमा क्षति पुगेको र केही क्षेत्रहरू ‘चक्रवात, आँधीबेहरी र ठूलाठूला असिनाको बर्षा’ बाट नराम्ररी प्रभावित भएको जनाएको छ ।

मिसौरीस्थित एक घरको भग्नावशेषबाट निकालिएकी एलिसिया विल्सनले टिभी स्टेशन केएसडीकेसँग भने, ‘यो मैले अहिलेसम्म भोगेको सबैभन्दा डरलाग्दो कुरा थियो, यो यति तीब्र र कडा थियो कि यसको अनुमानसम्म गर्न सकिएन । एक्कासी ‘कान फुट्ने’ आँधीले घरहरूका छाना उडाएको र रूखहरू ढलेको आवाज सुनिएको थियो ।’

प्रहरीका अनुसार आँधीका कारण मिसौरीको वेन काउन्टीमा छ जना, ओजार्क काउन्टीमा तीन जना र बटलर, जेफरसन र सेन्ट लुइस काउन्टीमा एक–एक जनाको मृत्यु भएको छ ।

टेक्सासको दक्षिणमा स्थानीय अधिकारीहरूले एएफपीलाई बताएअनुसार धुलो आँधी र डढेलोका कारण भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ जसले गर्दा सडकमा भिजिबिलिटी कम भएको छ।

छिमेकी राज्य अर्कान्सासमा आँधीका कारण तीन जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी गभर्नर सारा हकाबी स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमतिमा उक्त षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेकी छन् । 

स्यान्डर्सले एक्समा लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पले आँधी प्रभावित अर्कान्सासका जनतालाई यस विपत्तिमा जनताकोे दुःखमा समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति ट्रम्प र अमेरिकी प्रशासनले रातिको आँधीेपछि हामीलाई आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’ 

संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रभरी कम्तीमा दुई लाख घर तथा व्यवसाय शनिबार साँझसम्म विद्युत्विहीन भएको ‘पावरआउटेज डट युएस’ ले जनाएको छ ।

मिसिसिपी र टेनेसीलगायत मध्य गल्फ कोस्ट राज्यहरूमा शनिबार थप आँधी आउनसक्ने चेतावनी दिइएको छ ।
 
राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘केही लामो दूरीका धेरै शक्तिशाली आँधीमध्ये केही सम्भावित हिंसात्मक हुन सक्छन्, आज साँझसम्म सावधानी अपनाउनु जरूरी हुनेछ।’

मध्य र दक्षिणी अमेरिकी राज्यहरू टेक्सास, ओक्लाहोमा र कन्सासको अद्वितीय भौगोलिक र मौसमी अवस्थाका कारण उनीहरूले सबैभन्दा हिंस्रक प्राकिृतिक विपत्तिको सामना गर्नेगर्छन् । 

‘टोर्नाडो एली’ भनिने यो ठाउँमा व्यापक रूपमा भिन्न तापमानको हावा अस्थिर, शक्तिशाली आँधी बादलहरूमा मिल्छ र उहाँ मे देखि जूनसम्म हावाहुरी तथा अन्य मौसमी प्रतिकुलताले प्रभावित पार्ने गर्छ । 

नेसनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसनका अनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकामा आँधीसँग सम्बन्धित घटनामा ५४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : २२ बजे

मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा फ्युजन फुटबल क्लब विजयी

मोरङ – आजदेखि विराटनगरमा सञ्चालित पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक

गणतन्त्रपछिको समृद्धि देखाउने र संस्कृति चिनाउने चित्र

काठमाडौं– देशभरका सञ्चारमाध्यमलाई मुख्यतयाः सरकारी समाचार उपलब्ध गराउने राष्ट्रिय समाचार

एकैदिन सडक निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

काठमाडौं– राजावादीहरू उत्साहित भइरहेका बेला नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी