राजावादी आन्दोलनबारे प्रधानमन्त्री- लोकतन्त्र राजमार्ग हो, यसमा ‘ब्याक गियर’ हुँदैन « Khabarhub

राजावादी आन्दोलनबारे प्रधानमन्त्री- लोकतन्त्र राजमार्ग हो, यसमा ‘ब्याक गियर’ हुँदैन


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राष्ट्रिय राजमार्गको संज्ञा दिँदै यसमा ब्याक गियर नलाग्ने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै लगानीको प्रोत्साहन गरिएको बताउँदै उनले अर्थतन्त्रको विकासका लागि सरकार सुशासनमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन सरकार तत्पर रहेको पनि उनले बताए । वर्तमान गणतान्त्रिक व्यवस्थालाई राजमार्गको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले अब यसमा ब्याक गियर नलाग्ने बताए ।
‘हामी अघि बढ्नुपर्छ, पछाडि फर्किनु हुँदैन । ब्याक गियर त कहिलेकाँही घुम्तीमा मात्रै लगाउने हो’, उनले भने, ‘लोकमार्गमा ब्याक गियर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।’

उनले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले उनीहरूको समान सहभागितामा जोड दिएका छन् ।

‘रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन । शिक्षा, उद्यम र रोजगारीमा महिलालाई अगाडि बढाउनुपर्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : ०४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन