राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर « Khabarhub

राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औँल्याएका छन् । रामहरि ढुंगेल स्मृति प्रतिष्ठानद्वारा आयोजित ढुंगेलको आठौं स्मृति सभालाई सम्बोधन गर्दै महरले उक्त कुरा औँल्याएका हुन् ।

नेताहरूको सात्त्विक जीवनशैली हुनुपर्ने र त्यसलाई जनताले पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ। ‘सामान्य जीवनशैली बनाएर पार्टीको नेतृत्व लिन सक्ने, उम्मेदवार बन्न सक्ने र त्यस्ता उम्मेदवारलाई जनताले जिताउन सक्ने वर्तमान अवस्था समीक्षाको पाटो हो। र, पनि ढुंगेल जस्तै निष्ठा बोकेको नेताको मुलुकमा खाँचो छ,’ उनले भने ।

त्याग, आदर्श र निष्ठाभावका साथ गरिएको राजनीतिले पुर्‍याएको योगदानको चर्चा चिरस्मरणीय रहने उनले बताए। ‘आज राजनीतिमा त्याग आदर्श र निष्ठाभावको अभाव छ। त्यसैले राजनीतिप्रति हरेक तर्फबाट राम्रो सोच छैन । राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ । त्यो चिर्न आवश्यक छ,’ महरले भने ।

परिवर्तनशील समयसँग हिजोको जस्तै राजनीति खोज्न सम्भव नभए पनि त्यसका भित्री सिद्धान्त मर्न नदिनेतर्फ भने सदैव सचेत रहनु पर्ने महरले औँल्याएका छन् । ‘समाजभित्र संस्कृति जोगाउनुपर्छ । इतिहासको रक्षा गर्नुपर्छ । हामीले बाटो बिराउनु हुँदैन। इतिहासको असल बाटो मेट्नु हुँदैन, त्यसको दायरा फराकिलो पार्दै अगाडि बढ्नुपर्छ । त्यसैले निष्ठा र आदर्श बोकेको राजनीतिको बाटोलाई सबैले फराकिलो पार्दै जानुपर्छ,’ उनले भने ।

दुर्गम गाउँदेखि सुगम सहरका जनतासम्मका भावना बुझ्न सक्ने नेतृत्व नै सक्षम साबित हुने उनको धारणा छ । आफूले सोही अनुरूपको राजनीतिक बाटो अंगिकार गरेकाले अधिकांश समय जनताको पहुँच र घरदैलो मै रहने गरेको महरले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ५ : २० बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते