राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर « Khabarhub

राजनीतिमा निष्ठाभाव महत्त्वपूर्ण पक्ष हो : नेता महर


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औँल्याएका छन् । रामहरि ढुंगेल स्मृति प्रतिष्ठानद्वारा आयोजित ढुंगेलको आठौं स्मृति सभालाई सम्बोधन गर्दै महरले उक्त कुरा औँल्याएका हुन् ।

नेताहरूको सात्त्विक जीवनशैली हुनुपर्ने र त्यसलाई जनताले पनि स्वीकार गर्नुपर्ने उनको भनाइ छ। ‘सामान्य जीवनशैली बनाएर पार्टीको नेतृत्व लिन सक्ने, उम्मेदवार बन्न सक्ने र त्यस्ता उम्मेदवारलाई जनताले जिताउन सक्ने वर्तमान अवस्था समीक्षाको पाटो हो। र, पनि ढुंगेल जस्तै निष्ठा बोकेको नेताको मुलुकमा खाँचो छ,’ उनले भने ।

त्याग, आदर्श र निष्ठाभावका साथ गरिएको राजनीतिले पुर्‍याएको योगदानको चर्चा चिरस्मरणीय रहने उनले बताए। ‘आज राजनीतिमा त्याग आदर्श र निष्ठाभावको अभाव छ। त्यसैले राजनीतिप्रति हरेक तर्फबाट राम्रो सोच छैन । राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ । त्यो चिर्न आवश्यक छ,’ महरले भने ।

परिवर्तनशील समयसँग हिजोको जस्तै राजनीति खोज्न सम्भव नभए पनि त्यसका भित्री सिद्धान्त मर्न नदिनेतर्फ भने सदैव सचेत रहनु पर्ने महरले औँल्याएका छन् । ‘समाजभित्र संस्कृति जोगाउनुपर्छ । इतिहासको रक्षा गर्नुपर्छ । हामीले बाटो बिराउनु हुँदैन। इतिहासको असल बाटो मेट्नु हुँदैन, त्यसको दायरा फराकिलो पार्दै अगाडि बढ्नुपर्छ । त्यसैले निष्ठा र आदर्श बोकेको राजनीतिको बाटोलाई सबैले फराकिलो पार्दै जानुपर्छ,’ उनले भने ।

दुर्गम गाउँदेखि सुगम सहरका जनतासम्मका भावना बुझ्न सक्ने नेतृत्व नै सक्षम साबित हुने उनको धारणा छ । आफूले सोही अनुरूपको राजनीतिक बाटो अंगिकार गरेकाले अधिकांश समय जनताको पहुँच र घरदैलो मै रहने गरेको महरले बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ५ : २० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट