‘ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण क्षेत्रमा सुधार गर्नुपर्ने’ « Khabarhub

‘ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण क्षेत्रमा सुधार गर्नुपर्ने’


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले राखेको ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले कानुनी, नियामक र निरीक्षण लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ । १२ मार्चमा बसेको कोषको कार्यकारी बोर्डको बैठकपछि उप–प्रबन्धक बो लीले वक्तव्यमार्फत सो बताएका हुन् ।

बोर्डको बैठकमा कार्यकारी निर्देशकहरूले नेपालको वित्तीय क्षेत्रमा देखिएको समस्यालाई गम्भीर रूपमा लिएको लीले उल्लेख गरेका छन् । 

नेपालको वित्तीय क्षेत्रका नियमन अन्तर्राष्ट्रिय मानकका आधारमा गर्नुपर्ने, ऋणको पोर्टफोलियोमाथि मूल्यांकन गर्नुपर्ने र ऋण तथा बचत सहकारी क्षेत्रको समस्या समाधानका लागि समग्र रणनीति निर्माण गरेर अगाडि बढाउनुपर्ने लीको वक्तव्यमा उल्लेख छ ।

साथै, नेपाल एफएटीएफको सूचीमा परेको विषयलाई ध्यान दिँदै बोर्डको बैठकमा सहभागी निर्देशकहरूले नेपालले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी वित्त पोषण विरोधी कानुनी, नियामक र निरीक्षण ढाँचालाई सुधार गर्नुपर्ने विशेष जोड दिएको उप–प्रबन्धक लीले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ६ : १३ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन