‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं « Khabarhub

‘राजागंज’ हेरेपछि सीके राउतले भने– सेन्सरविरुद्ध आवाज उठाउँछौं


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको भन्दै विवाद उत्पन्न भएको छ । यो विषय संसद्मा पनि प्रवेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले आइतबारको संसद् बैठकमा फिल्ममा अनावश्यक सेन्सरको कैँची चलाइएको विषय उठाएका थिए ।

चैत १ गतेदेखि प्रदर्शनरत यस फिल्म राजनीतिक दलका लागि पनि चासोको विषय बनेको छ । फिल्ममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दललाई लक्षित गरी ‘झरेको आँप’ भनी सार्वजनिक मञ्चमा गरको टिप्पणी समावेश थियो ।

यो भाषण र विभिन्न शब्दमा सेन्सर बोर्डले कैँची चलाएपछि फिल्मकर्मीहरु एकजुट भएर यसको विरुद्धमा आवाज उठाइरहेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि आइतबार ठमेलमा पुगेर यो फिल्म हेरेका छन् । मधेशको मुद्दा निर्देशक दीपक रौनियारले उपयुक्त ढङ्गले पर्दामा उतारेको उनले प्रतिक्रिया दिए ।

उनले भने– फिल्म मधेशका व्यक्तिहरुले ‘रिलेट’ गर्ने खालको बनेका छौं । हामीले फिल्ममा जस्तै वा त्योभन्दा बढी विभेद भोगिरहेकै हो ।

अध्यक्ष राउतले फिल्ममा एमाले अध्यक्ष ओलीको भाषणमा सेन्सरको कैँची चलाएकामा आपत्ति जनाए । साथै उनले यो अनावश्यक कार्य भएको समेत जिकीर गरे ।

उनले भने, ‘अध्यक्ष ओलीको टिप्पणीबारे हामीले त्यो बेला नै विरोध गरेका थियौं । सार्वजनिक स्थानमा रहेको भाषण फिल्ममा समावेश हुँदा सेन्सर चलाइनु वर्तमान व्यवस्थाको उपवास गर्नु हो ।’

यस फिल्ममा अनावश्यक कैँची चलाएकाविरुद्धमा आफूले पनि आवाज उठाउने राउतले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सेन्सरको विषयको विवाद त मैले थाहा पाएको थिएँ तर यो फिल्मको भन्ने थाहा थिएन । फिल्ममा जथाभावी काटिएको छ । यो बारेमा हामी बोल्ने छौं ।’

राउत भएकै हलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि फिल्म हेरेकी थिइन् । उनले पनि फिल्ममा प्रधानमन्त्रीको भाषणमा सेन्सर गर्न आवश्यक नभएको बताइन् ।

यो सेन्सरको विषयमा आफूले पनि संसद्मा कुरा उठाउने उनले बताइन् । भनिन्, ‘आज हाम्रो सांसदले कुरा उठाउने भयो । यसबारेमा मलगायत हाम्रा सांसदहरुले पनि कुरा उठाउनुहुन्छ ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ९ : ३० बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको