मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र « Khabarhub

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आज हानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकेन्द्रबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर सङ्घका अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलिले बुझाएको ध्यानाकर्षणपत्रमा गत वैशाखमा बुझाएका छ शुत्रीय माग सम्बोधन नहुनु दुःखद् उल्लेख छ ।

“मजदुर सङ्गठनले १७ वर्षदेखि खाइपाई आएको सेवा शुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तर छलफल गर्दै आएका छौँ । नेपाल सरकार, हानलगायत सरोकार भएकालाई ज्ञापनपत्र तथा मागपत्र राखी सेवाशुल्क पुनःप्राप्ति र अन्य श्रमिक पक्षीय कानुनी व्यवस्था गर्न आह्वान गर्दछौँ”, सो पत्रमा भनिएको छ ।

हानका कार्यकारी अधिकृत महतले आफू मजदुरको विषयमा गम्भीर रहेको र ध्यानाकर्षणपत्रलाई हानको कार्यसमितिमा पेस गर्ने बताए ,

सङ्गठनले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने, प्रधानमन्त्री, अर्थमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सबै राजनीतिक दलका संसदीय दलका कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि सरोकार भएका पक्षसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यसैगरी, चैत २५ गते टे«ड युनियन महासङ्घको उपस्थितिमा काठमाडौँमा विशाल मजदुरसभा गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसपछि पनि आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : ११ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को