मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र « Khabarhub

मजदुर सङ्गठनले ‘हान’लाई बुझाए ध्यानाकर्षणपत्र


२ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आज हानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) टेकेन्द्रबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाउँदै आगामी चैत २५ गतेसम्मको अभियानात्मक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा माजदुर सङ्घका अध्यक्ष कुमार पन्त, नेपाली कांग्रेस निकट नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष खेमराज खड्का र नेकपा (एमाले) निकट नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारीसहितको संयुक्त टोलिले बुझाएको ध्यानाकर्षणपत्रमा गत वैशाखमा बुझाएका छ शुत्रीय माग सम्बोधन नहुनु दुःखद् उल्लेख छ ।

“मजदुर सङ्गठनले १७ वर्षदेखि खाइपाई आएको सेवा शुल्क अदालतको फैसलाबाट गुमेको, नियमित काममा नियमित श्रमिक राख्नुपर्ने विषयमा निरन्तर छलफल गर्दै आएका छौँ । नेपाल सरकार, हानलगायत सरोकार भएकालाई ज्ञापनपत्र तथा मागपत्र राखी सेवाशुल्क पुनःप्राप्ति र अन्य श्रमिक पक्षीय कानुनी व्यवस्था गर्न आह्वान गर्दछौँ”, सो पत्रमा भनिएको छ ।

हानका कार्यकारी अधिकृत महतले आफू मजदुरको विषयमा गम्भीर रहेको र ध्यानाकर्षणपत्रलाई हानको कार्यसमितिमा पेस गर्ने बताए ,

सङ्गठनले चैत ४ गतेदेखि देशैभर मजदुर जागरण अभियान सञ्चालन गर्ने, प्रधानमन्त्री, अर्थमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र सबै राजनीतिक दलका संसदीय दलका कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि सरोकार भएका पक्षसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यसैगरी, चैत २५ गते टे«ड युनियन महासङ्घको उपस्थितिमा काठमाडौँमा विशाल मजदुरसभा गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । त्यसपछि पनि आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनसहित अर्को चरणको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : ११ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार