भारतीय पर्यटक आकर्षित गर्न ताइवानको योजना « Khabarhub

भारतीय पर्यटक आकर्षित गर्न ताइवानको योजना


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेई – ताइवान पर्यटन प्रशासनले भारतीय पर्यटकहरूको संख्यामा २०५ वृद्धि गर्ने लक्ष्यसहित व्यापार साझेदारी मजबुत पार्ने रणनीति अघि सारेको छ। हालै सम्पन्नकार्यक्रममा सिंगापुर कार्यालयका निर्देशक पाउल शिहले २०२४ मा भारतबाट ३८,००० भन्दा बढी आगन्तुकको अपेक्षा गरिएको जानकारी दिएका थिए।

शिहले भारतको बहिर्गमन पर्यटन बजारमा ताइवानको सहभागिता बलियो बनाउन व्यापार साझेदारहरूसँग उच्चस्तरीय बैठकहरू गरेका छन्। उनले बताएअनुसार ताइवानले महामारीपछि पुनः भारतीय बजारमा प्रभावकारी पुनरागमन गर्दै प्रचारात्मक रोडशो, ट्रिप, डिजिटल अभियान तथा उपभोक्ता लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

२०२४ को जनवरीदेखि अक्टोबरसम्म भारतबाट ३१,७६६ पर्यटक ताइवान पुगेका थिए, जुन अघिल्लो वर्षको तुलनामा २०% वृद्धि हो। ताइवानले व्यापार प्रवर्द्धन तथा उपभोक्ता लक्षित गतिविधिहरूलाई संयोजन गर्दै भारतीय साझेदारहरूलाई ताइवान प्रवर्द्धन गर्न सजिलो बनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  २ : ५६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको