बजेट अभावले आधारभूत अस्पताल निर्माण अधुरै | Khabarhub Khabarhub

बजेट अभावले आधारभूत अस्पताल निर्माण अधुरै


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो ।

निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो ।

आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस÷एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए ।

पालिकाले बजेट विनियोजन गरे दुई महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । २०८० साल भदौमा बुझाएको एक करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनको भनाइ छ ।

लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भइसक्ने उनले बताए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरै रहेको बताए । गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ३६ बजे

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा– सिरहाको गोलबजार नगरपालिका-१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : कोइराला सशांक

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते 

चितवन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र