बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोरुसिया डर्टमन्डसँगको क्वाटर्रफाइनल दोस्रो लेगमा हारका बाबजुद बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।

मंगलबार भएको दोस्रो लेग क्वार्टरफाइनलमा डर्टमन्डले बार्सिलोनालाई ३-१ ले हराएको हो। पहिलो लेगमा ४-० ले जित हात पारेको बार्सिलोना समग्रमा ५-३ को नतिजा सेमिफाइनल प्रवेश गरेको हो।

खेलको ११ औँ मिनेटमा गुइरेसीले पेनाल्टी मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा चौथो मिनेटमा नै उनले अर्को गोल गरे।

५४ औँ मिनेटमा रोन्से बान्सेबाइनीले आत्मघाती गोल गरेपछि डर्टमन्डको सेमिफाइनल प्रवेश अझै कठिन बनेको हो। ७६ औँ मिनेटमा गुइरेसीले ह्याट्रिक गरे पनि उनी टोलीलाई अघिल्लो चरणमा प्रवेश गराउन भने असफल रहे।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ०२ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा