बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोरुसिया डर्टमन्डसँगको क्वाटर्रफाइनल दोस्रो लेगमा हारका बाबजुद बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ।

मंगलबार भएको दोस्रो लेग क्वार्टरफाइनलमा डर्टमन्डले बार्सिलोनालाई ३-१ ले हराएको हो। पहिलो लेगमा ४-० ले जित हात पारेको बार्सिलोना समग्रमा ५-३ को नतिजा सेमिफाइनल प्रवेश गरेको हो।

खेलको ११ औँ मिनेटमा गुइरेसीले पेनाल्टी मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा चौथो मिनेटमा नै उनले अर्को गोल गरे।

५४ औँ मिनेटमा रोन्से बान्सेबाइनीले आत्मघाती गोल गरेपछि डर्टमन्डको सेमिफाइनल प्रवेश अझै कठिन बनेको हो। ७६ औँ मिनेटमा गुइरेसीले ह्याट्रिक गरे पनि उनी टोलीलाई अघिल्लो चरणमा प्रवेश गराउन भने असफल रहे।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ०२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।