सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ « Khabarhub

सुनसरी गोली प्रहार घटना, तीनजना पक्राउ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली प्रहार घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

गोली प्रहारका क्रममा शिवकुमार मेहता गम्भीर घाइते भएका थिए । उनको प्रहरीको निगरानीमा विराटनगरमा उपचार भइरहेको छ । एक समूहका व्यक्ति पक्राउ परेको र घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

गोली हान्ने मध्येका अर्का कामेश्वर यादवसहितका तीनजना फरार रहेका छन् । पक्राउ परेका र फरार रहेका तीनजना सीमा क्षेत्रमा बसेर विभिन्न किसिमको अपराधिक गतिविधि गर्दै आएको उनले बताए ।

घटनामा ६ जना संलग्न रहेको बताइन्छ । ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको र भारतमा खोजीको सूचीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिन अगाडि मात्र पक्राउ परेर छुटेका थिए । गोली लागेर घाइते भएका मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा