एल साल्भाडोरबाट नागरिक फिर्ताको प्रयासबारे जानकारी गराउन ट्रम्पलाई अदालतको आदेश « Khabarhub

एल साल्भाडोरबाट नागरिक फिर्ताको प्रयासबारे जानकारी गराउन ट्रम्पलाई अदालतको आदेश


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – गएको महिना भुल बस एल साल्भाडोरमा लगिएका मेरिल्यान्डका बासिन्दालाई फिर्ता गर्न गरिएको पहलको प्रमाण पेस गर्न सङ्घीय अदालतले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन डोनाल्ड ट्रम्प प्रशासनलाई आदेश दिएको छ।

एल साल्भाडोरका २९ वर्षीय किलमार अल्ब्रेगो गार्सियालाई फिर्ता बोलाउन न्यायाधीश पाउला निसले दुई साताको समय दिएकी हुन्।

सरकारले सही ढङ्गले काम गरेको या नगरेको भन्ने विषयमा ध्यान दिने उनले बताइन्। गत साता अदालतले उनलाई फिर्ता बोलाउन आदेश दिएको थियो। आइतबार मात्र अमेरिका भ्रमणमा रहेका एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले उनलाई फिर्ता पठाउन असमर्थ रहेको बताएका थिए।

कानुन मन्त्रालयका अधिवक्ता ड्रिउ एन्गस्टनले भने गार्सिया आफै पोर्टमा आएर कुरा राखेमा आफूहरूले पहल गर्ने बताएका छन्।

एक दिन अघि गृह मन्त्रालयका जेसेफ मजाराले गार्सिया प्रवेशद्वारको अमेरिकी पोर्टमा उपस्थित भएमा उनलाई गिरफ्तार गर्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ३० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी