रिलायबल म्युचुअल फण्ड आजबाट बिक्री सुरु  « Khabarhub

रिलायबल म्युचुअल फण्ड आजबाट बिक्री सुरु 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायबल लाइफ इन्स्योरेन्सकाे रिलायबल समृद्धि योजना बुधबार निष्कासन भएको छ । जसको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवर्द्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ । 

बन्दमुखी म्युचुआल फण्ड १० वर्षका लागि खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत चैत १९ गते स्वीकृत भएको फण्डले भोलिबाट सर्वसाधारणको लागि खुल्ला गर्ने भएको छ । 

उक्त फण्डमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्तासम्म आवेदन दिन पाइने छ । 

फण्ड १० रुपैयाँका दरले १० करोड कित्ता रहेको छ । जसमा १५ प्रतिशत एक करोड ५० लाख कित्ता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई, १४ प्रतिशत अर्थात् एक करोड ४० लाख कित्ता योजना व्यवस्थापक इन्भेष्टमेलाई, १ प्रतिशत अर्थात् १० लाख कित्ता सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख कित्ता सर्वसाधारणको लागि जारी गर्ने छ । 

उक्त फण्डको सुपरिवेक्षक विजय बहादुर शाह, भुवन कडेल, शशि निधि तिवारी, सागर कुमार घिमिरे र नीरज श्रेष्ठ रहने छन् । 

म्युचुलअ फण्डको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : ११ बजे

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं – रङको पर्व होली आज हिमाली तथा पहाडी जिल्लासँगै

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’