दक्षिणपूर्वमा सीको सन्देश : अमेरिकाभन्दा भरपर्दो साझेदार चीन हो « Khabarhub

दक्षिणपूर्वमा सीको सन्देश : अमेरिकाभन्दा भरपर्दो साझेदार चीन हो


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनका राष्ट्रपति सी जिनपिङ दक्षिणपूर्वी एसिया भ्रमणका क्रममा मलेसिया आइपुगेका छन् । बेइजिङ– वासिङ्टन गम्भीर व्यापार युद्धका बीचमा यो भ्रमणबाट सी चीनको सकारात्मक सन्देश बोकेर हिँडेका छन् । अमेरिकाभन्दा बढी भरपर्दो व्यापारिक साझेदार चीन हो भन्ने व्यक्तिगत सन्देश दिन चहान्छन् राष्ट्रपति सी ।

सी भियतनाम भ्रमण सकेर मङ्गलबार साँझ मलेसियाका राजधानी क्वालालम्पुर आइपुगेका थिए । सन् २०१३ पछिको उनको पहिलो मलेसिया भ्रमण हो । उनी भियतनामबाट उनी त्यहाँ पुगेका थिए । जहाँ उनले हनोईमा कृत्रिम बुद्धिमत्ता (एआई) देखि रेल विकाससम्मका सबै विषयमा दर्जनौं व्यापार सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

मलेसियाको आधिकारिक समाचार एजेन्सी बर्नामाका अनुसार भेटघाटको क्रममा सीले भने, ‘उच्चस्तरीय रणनीतिक सहयोगलाई गहिरो बनाउनु चीन र मलेसिया दुवैको साझा हितको लागि राम्रो छ, र यो क्षेत्र साथै विश्वमा शान्ति, स्थिरता र समृद्धिको लागि पनि राम्रो छ ।’

अमेरिकाले विश्वभरका देशहरूमा ठूलो मात्रामा भन्सार शुल्क लगाएपछि १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) ब्लकका धेरै देशहरू असन्तुष्ट छन् । यही मेसोमा सी तीन देशको भ्रमणमा निस्किएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर प्रशासनभन्दा बेइजिङ दक्षिणपूर्वी एसियाको राम्रो मित्र हो भन्ने उनको सन्देश रहेको छ ।

‘यो एकदमै महत्वपूर्ण भ्रमण हो । यसमा धेरै कुराहरू सिक्न सक्नुहुन्छ ।’ अमेरिकाका लागि पूर्व मलेसियाली राजदूत तथा कानुनी मामिला मन्त्री मोहम्मद नजरी अब्दुल अजिजले भने, ‘चीनले हामीलाई अमेरिकाभन्दा बढी भरपर्दाे व्यापारिक साझेदार भएको बताउँदै आएको छ । हामीलाई उनीहरूसँग व्यवहार गर्न कहिल्यै समस्या भएन ।’

‘प्रधानमन्त्री अनवरको नेतृत्वमा, मलेसिया चीनसँगै धेरै नजिक हुँदै गइरहेको छ । यो राम्रो कुरा हो’, उनले थपे, ‘लामो समयदेखि रहिआएको वाशिङटनको प्रभाव कम हुनेछ ।’

चीनसँग व्यापारिक सम्बन्ध र कूटनीतिक सम्बन्ध बलियो हुँदै गइरहेको पूर्वराजदूत अजिजले बताए । उनले दुवै देशलाई फाइदा भइरहेको उल्लेख गरे । पूर्व राजदूत अजिजले भने, ‘हामी चीनमा धेरै केन्द्रित छौं । त्यो हाम्रो मानसिकता हो ।’

– अलजजिरा

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ३६ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ