बालुवाटारमा साइकलमा सवारलाई लछारपछार गर्ने नगरप्रहरीमाथि कारबाही « Khabarhub

बालुवाटारमा साइकलमा सवारलाई लछारपछार गर्ने नगरप्रहरीमाथि कारबाही


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोबारे काठमाडौं महानगरपालिकाले कारबाही अघि बढाएको छ।

बुधबार बिहान ८ बजेको समयमा साइकलमा हिँडिरहेका एकजना कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले कारबाही थालेको हो ।

महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई जिम्मेवारीबाट हटाइएको जनाएको छ ।

काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो ।

महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक वक्तव्य जारी गर्दै उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको जानकारी दिएका छन् ।

पाण्डेले पदमुक्त गरिएका प्रहरीको नाम खुलाइएको छैन । उनले वक्तव्यमा कतिजनालाई पदमुक्त गरिएको हो भन्ने कुरा पनि खुलाएका छैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : १६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

फागुन २१ गते चुनाव : आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले