नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा | Khabarhub Khabarhub

नेपाल महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरूले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष उषा राउत मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा केन्द्रीय सदस्यहरू चन्द्रदेवी जोशी, रिता शाही, छाया सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सीता घिमिरे, तारा थपलिया, सुष्मा तिवारी, लक्ष्मी बाराकोटी, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, लिलाकुमारी नेपाल, राधा कुँवर र पार्वती आचार्य रहेका छन् ।  

राजीनामा दिएका केन्द्रीय सदस्यहरूले अध्यक्ष मिश्रमाथि हालसम्मे विधानबमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको आरोप लगाएका छन् । 
‘संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेका कारण पार्टी र नेपाल महिला संघको सुदूर उज्ज्वल भविष्यका निमित्त केन्द्रीय सदस्य पदबाट सामूहिक राजिनामा दिएका छौँ,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । 

महिला संघमा पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । अध्यक्ष उमा रेग्मीलाई १४ औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेसँगै महिला संघ नेतृत्वविहीन बनेको थियो । 

महिला संघ नेतृत्वविहीन भएपछि देउवाले २०७९ साउन २६ गते सिरहाकी उषा राउत मिश्रलाई अध्यक्षमा मनोनित गरेका थिए । अहिले महिला संघको ५३ सदस्यीय केन्द्रीय तदर्थ समिति छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : २४ बजे

पूर्वराष्ट्रपति भण्डारीको विषयले एमालेमा प्रवेश पायो, अध्यक्ष ओलीले संवाद गर्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित भूमिका दिन तयार हुनुपर्ने कुरा

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ