प्रजातान्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण : सभापति देउवा | Khabarhub Khabarhub

प्रजातान्त्रिक आन्दोलनमा न्यौपानेको योगदान महत्त्वपूर्ण : सभापति देउवा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गोरखाली नेता चन्द्रप्रसाद न्यौपानेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । जिल्ला विकास समिति गोरखाका पूर्वसभापति न्यौपानेको पहिलो स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै दिवङ्गत न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अनुकरणीय रहेको बताए। 

‘प्रजातन्त्र पुनःस्थापना, लोकतन्त्रको सबलीकरणका लागि नेपाली कांग्रेस पार्टीले आह्वान गरेको सत्याग्रह र जनआन्दोलनमा सक्रियरूपले सहभागी भएका न्यौपानेले पटकपटक जेल जीवन विताउनुभयो’, देउवाले भने, ‘पञ्चायको कठिन घडीमा पनि पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जिल्लाको विकास निर्माण, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान दिए ।’

सभापति देउवाले पार्टी प्रतिबन्धित रहेको अवस्थामा २०२४ सालमै पार्टी जिल्ला कार्यसमिति सदस्य रहेका न्यौपानेले प्रजातन्त्र पुनःस्थापनापछि लामो समयसम्म महासमिति सदस्यसहित विभिन्न भूमिकामा रहेको स्मरण गरे । 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्राको सुरुआत न्यौपानेबाटै भएको स्मरण गर्दै सिद्धान्तप्रतिको निष्ठा, नैतिकता र सदाचार उहाँबाट अनुशरण गर्न लायक रहेको बताए । 

कांग्रेस नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेको निष्ठा, त्याग र सिद्धान्तप्रतिको प्रतिबद्धता सदैव प्रशंसनीय रहेको बताए। नेत्री एवं राष्ट्रियसभा सदस्य कमला पन्तले पछिल्लो समय पार्टीमा निष्ठा कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गर्दै देश र जनताप्रतिको सेवाभाव र विश्वास न्यौपानेबाट सिक्नुपर्ने बताए। 

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री एवं राष्ट्रियसभा सदस्य किरणबाबु पुनले जटिल राजनीतिक परिस्थितिमा आफ्नो जीवनको बाजी लगाएर न्यौपानेले अघि बढाएको राजनीतिक यात्रा अविस्मरणीय रहेको बताए। नेता डा मिनेन्द्र रिजालले पञ्चायतको कठिन र जटिल अवस्थामा जनतासँग जोडिएर न्यौपानेले प्रजातन्त्र र लोकतन्त्रका निम्ति आफूलाई समर्पित गरेको बताए। 

कार्यक्रममा कांग्रेस नेता चीनकाजी श्रेष्ठ र नन्दलाल न्यौपानेलगायतले दिवङ्गत न्यौपानेको राजनीतिक जीवनको चर्चा गर्दै उहाँको विचार र भावना अनुशरण गर्न सकेमात्रै सञ्चा श्रद्धाञ्जली हुने बताए। 

सो अवसरमा सभापति देउवाले ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गरेका थिए । सो ग्रन्धमा विसं २०१४ देखि राजनीतिक यात्रा आरम्भ गरेका न्यौपानेसम्बन्धी ४७ वटा संस्मरणात्मक लेखरचना समावेश छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : २६ बजे

राजनीतिमा फर्किने विद्याको प्रयासबारे के भन्छन् केपी ओली ?

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

वीरगञ्ज– मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्जस्थित वीरगञ्ज

ज्योति विकास बैंकले पायो ‘आईएसओ २७००१:२०२२’ प्रमाणपत्र​

काठमाडौं– ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ – जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ

खल्ती र आईएमई मर्ज, आजैबाट सुरू भयो एकीकृत सेवा सञ्चालन

काठमाडौं– आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गतेदेखि