बाजुराका बाढीपहिरो र भूकम्प पीडितलाई पाँच वर्षपछि तेस्रो किस्ता | Khabarhub Khabarhub

बाजुराका बाढीपहिरो र भूकम्प पीडितलाई पाँच वर्षपछि तेस्रो किस्ता


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाढी पहिरोदेखि चट्याङ र भूकम्प जस्ता विपद्जन्य घटनाले बाजुरा बढी जोखिममा पर्नेगर्छ । भिरालो अनि पाखो जमिन भएकै कारण वर्षेनी यहाँका स्थानीयको करोडौँ धनजनको क्षति हुन्छ । केही पालिकाको सीमित जमिन बाहेक ८० प्रतिशत मानव बसोबास रहेको क्षेत्रमा बस्ती बसाउन योग्य नभएको भूगर्वविद्हरुको नै दाबी छ । 

तर पनि यहाँका स्थानीयलाई सहज व्यवस्थापन र जीवन सुरक्षाका लागि राज्यको कुनै योजना र आगामी कार्यदिशा नभएकै कारण पुरानै थातथलोमा बसोबास गर्ने र गुजारा गर्नु पर्ने अवस्थामा छन् । बाढी पहिरो, असिनापानी, भूकम्प जस्ता विपद्का घटनाबाट स्थानीय आजित छन् । नदी किनारको बस्ती भएकाहरूका लागि झनै सङ्कट छ । 

साबिक बाजुराका २७ मध्ये २०७२ सालमा ६ वटा गाउँ विकास समितिलाई बस्ती विकास गर्ने गरी तत्कालीन सरकारले ७४ करोड बजेट विनियोजन गरेको थियो । जुन बेला बाजुराबाट नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा क्याबिनेट मन्त्री थिए । त्यो बाहेक राज्यले कुनै पहल र प्रयास गरेको देखिँदैन । विनियोजन गरेकै रकम पनि खर्च नगरी पठाइएको थियो । 

बस्ती बस्न योग्य छैन, बसाइ सार्नु नै उत्तम विकल्प हुने बारे राज्य जानकार भए पनि उसले हत्तपत्त कुनै योजना बनाएर सहज व्यवस्थापन गर्ने पक्षमा देखिन् । थोरै रकमले गर्न नसकिने भएकै कारण राज्यले तत्काल आँट नगरेको हुन सक्ने अनुमान गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको छ । रोकायाले नेतृत्व गरेको पालिका पनि विपद्जन्य घटनाको बढी जोखिममा छ । 

वर्षेनी बाढी आउने, पहिरो जाने, असिना पानीले अन्न बाली क्षति गर्ने, भूकम्पले घर भत्काउने घटना गरिरहेको हुन्छ । बुढीगंगामा आएको बाढीका पीडितले अझै राहत पाएका छैनन् । ती बाहेकका ५ सय ३८ परिवारले पनि पहिलो किस्ता दिएको ५ वर्षपछि अन्तिम किस्ता दिन राज्य बल्ल तयार भएको छ । 

तत्कालीन समयमा जिल्ला प्रशासनकै सिफारिसमा बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकाहरूलाई स्थानीय तहबाट १०, प्रदेशबाट ३० र सङ्घीय सरकारबाट ६० प्रतिशत प्रतिशत रकम दिने गरी निर्णय गरिएको थियो । २०७७/०७८ साल देखि उनीहरूले तेस्रो किस्ता रकम पाएका थिएनन् । पहिलो किस्ता ५० हजार, दोस्रो दुई लाख पचास हजार रकम पाए पनि उनीहरू तेस्रो किस्ता रकम पाउन भने निकै समय कुर्नु परेको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराले गृहमन्त्रालय तथा अन्य विभिन्न निकायसँग रकम मागपछि तेस्रो किस्ता रकम वितरण गरिने भएको हो । स्थानीय बेला बेला जिल्ला प्रशासन कार्यालय पुगेर धर्ना, विरोध जस्ता गतिविधिसहित रकम माग गर्दै आएका थिए । 

जसमा हिमाली गाउँपालिकामा १ सय २९ घरपरिवारले दुई करोड चालिस लाख, स्वामिकार्तिक खापर गाउँपालिका १०६ जना परिवारले ४२ लाख , जगनाथ गाउँपालिकामा  एक सय जना परिवारले २० लाख, गौमुलका  ४८ जना परिवारले ९६ लाख , खप्तड छेडेदह गाउँपालिका  ३२ जना परिवारले ५७ लाख बुढीगङ्गा  ८६ जनाघरपरिवारले दुई लाख र बडिमालिका ३७ जना परिवारले ६४ लाख  गरी जम्मा ५३८ जना बाढीपहिरो घरपरिवारले ६ करोड १३ लाख सत्तरी हजार तेस्रो किस्ता रकम पाउने भएका छन् ।  

यो भन्दा पहिला हिमालीका १ सय २९ खप्तड छेडेदह ३२, बुढीगङ्गा ८६  बडिमालिका ३७ त्रिवेणी २ जना घरपरिवारले एक करोड ७५ लाख रकम पाइसकेका छन् । त्यसै गरी जगनाथ गाउँपालिकाका एक सय जना बाढीपहिरो पीडितले पहिलो किस्ता दुई लाख सत्तरी हजार रकम पाईसकेका छन् ।

भूकम्प पीडितहरूको घरबासका लागि यहाँका नौ वटै पालिकाको खातामा रकम राखिदिएको छ । भने बाढीपहिरो पीडितलाई वैशाख १० गते उनीहरूकै खातामा रकम राखिदिने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

पहिलो र दोस्रो किस्ता रकम पाएर घर निर्माण गरेका थिए । भने बाँकी रकम तिर्न उनीहरूले धौ धौ परेको थियो । कतिपयले तेस्रो किस्ताकै आशमा बस्नु परेको छ । घरमा बस्न थलो पनि उधारो घरमा बस्नु परेको पीडा पीडितहरूलाई थियो । 

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले घरमै पुगेर रकम दिने बचन दिएका छन् । केही दिनपछि त्यो पैसा तपाईँको खातामा आउने बचन समेत पीडितको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले जानकारी गराएका छन् । 

पाँच वर्षपछि खातामा पैसा आउने भएपछि स्थानीय खुसी छन् । २०७७ सालदेखिका बाढीपहिरो पीडितहरू धेरै रहेका छन् । तर उनीहरूले लामो समय देखि घरबासका लागि पाउनु पर्ने रकम पनि नपाएको अवस्था थियो, अब समाधान हुने विश्वास प्रजिअ पाध्यायको भनाई छ । 

२०८१ साल असोज १३ गते पाध्याय बाजुरा आएपछि थप बााढीपहिरो तथा भूकम्प पीडितहरूको तथ्याङ्क सङ्कलन गर्ने काम गरिएको थियो । त्यसपछि सोही डाटा अनुसार वास्तविक पीडित यकिन गरेर उनीहरूका लागि गृहमन्त्रालय तथा अन्य सम्बन्धित निकायसँग लगातार रकम माग गरेपछि बल्ल रकम जिल्लामा आइपुगेको हो ।

बर्खा लाग्ने समय भयो यहाँका दुर्गम गाउँ बस्तीका बाढीपहिरोको अवस्था के छ भनेर त्यहाँ पुगेको थिए । त्यहाँ पुग्दा उनीहरूले पहिलो र दोस्रो किस्ता रकम लिएर के गरेको छ भन्ने विषयमा छलफल भयो । हामीले उनीहरूले लगाएका घर पनि अनुगमन गर्दा हाम्रो नियम अनुसारले घर निर्माण गरेको देखियो र पाँच वर्षदेखिको समस्या हल हुने देखिएको छ ।

यसै बेला बाजुराका एक हजार आठ सय ४४ जना भूकम्प पीडितहरूका लागि तीन करोड ६८ ला २५ हजार रकम आएको छ । उनीहरूलाई समेत रकम भुक्तानी दिने तयारी जिल्ला प्रशासन कार्यालय बाजुराले गरेको छ । रकम आउने भए पनि बाढीपहिरो प्रभावितहरू खुसी देखिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : १९ बजे

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा

आगामी बजेटबारे अर्थमन्त्री – ‘खाल्डो पुर्न खोज्दैछु, साथ चाहियो’

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको

‘भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक’ 

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा