यूएईबाट आएका युवालाई विमानस्थलमा कठालो समात्दै घिच्याउने तीन प्रहरीमाथि कारबाही « Khabarhub

यूएईबाट आएका युवालाई विमानस्थलमा कठालो समात्दै घिच्याउने तीन प्रहरीमाथि कारबाही


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूएईमा रोजगार गरेर स्वदेश फर्किने क्रममा रहेका युवकमाथि त्रिभुवन विमानस्थलमा दुर्व्यवहार गरेको आरोपमा तीनजना प्रहरी कारबाहीमा पर्ने भएका छन्।

गत चैत ३१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरीले स्वदेश फर्किएका मोरङका युवक सञ्जय ओझमाथि दुर्व्यवहार गरेका थिए । प्रहरीले ओझालाई कठालो समातेर तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना भएको थियो ।

उक्त भिडियोलाई लिएर प्रहरीको चर्को आलोचना भएपछि तीनजना प्रहरी कारबाहीका लागि तानिएका हुन् ।

तीनजना प्रहरीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएको जानकारी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले दिएका छन् ।

उनका अनुसार तीनैजनालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा झिकाएर अनुसन्धान भइरहेको छ ।

ओझा यूएईमा मार्केटिङको काम गर्दै आएका युवक हुन् । उनी आफन्तको बिहेमा सहभागी हुन १० दिनको छुट्टीसहित आएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : ४७ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ