रवीन्द्र भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन  « Khabarhub

रवीन्द्र भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार विश्लेषक रवीन्द्र भट्टराई लिखित ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन)मा आयोजित एक कार्यक्रमबीच लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा वित्तीय रूपमा स्वतन्त्र बन्ने उपाय र त्यसमार्फत थप प्रगति हासिल गर्न सकिने विषय समेटिएको लेखक भट्टराईले बताए । 

छलफलका क्रममा लेखक भट्टराईले कम्पनीहरूलाई अङ्कित मूल्य एक सय रुपैयाँभन्दा कममै प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न दिनुपर्ने बताए । अङ्कित मूल्य घटाएर जारी हुने शेयर संख्या बढाउन सकिने उनको धारणा छ । ‘अंकित मूल्य एक रुपैयाँका दरले पनि आईपीओ जारी गर्न सकिन्छ, सेयर संख्या बढाएपछि आवश्यक पुँजी त्यति नै जुटिहाल्छ’ उनले भने । 

त्यस्तै महँगा कम्पनीलाई बेलाबेलामा ‘स्टक स्प्लिट’ गरेर पहुँच बढाउन सकिने पनि उनको धारणा थियो । महँगा कम्पनीले थप सेयर जारी गरेर सोअनुसार मूल्य घटाउनु नै ‘स्टक स्प्लिट’ हो ।  

कम्पनीहरूलाई वार्षिक मात्रै नभई त्रैमासिक रूपमा लाभांश वितरण गर्न दिनुपर्ने भट्टराईको भनाइ थियो । अन्य विकसित मुलुकमा कम्पनीहरूले मासिक नै नगद लाभांश दिने गरेको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘यहाँ कम्तीमा त्रैमासिक रूपमा लाभांश दिन सक्ने व्यवस्था गर्न सकिन्छ, हाइड्रोपावर लगायत कतिपय सेक्टरका कम्पनीको आम्दानी निश्चित नै छ ।’

सरकारी स्वामित्वको नेपाल स्टक एक्स्चेन्जले पुँजी बजारमा विकसित प्रविधि तथा क्षमताको विस्तार गर्न नसकेकै कारण निजी क्षेत्रको स्टक एक्स्चेन्ज जरुरत परेको पनि उनको धारणा छ । ‘विश्वका अधिकांश मुलुकमा स्टक एक्स्चेन्ज सरकारी स्वामित्वमा हुँदैनन्’ उनले भने ‘यहाँ सरकारी स्वामित्वमा हुँदा अध्यक्षसहित बोर्डमा सरकारी नियुक्ति हुन्छ, यसले स्वतन्त्र रूपमा निर्णय गर्न सक्दैन ।’

अन्य मुलुकमा संस्थागत लगानीकर्ताले बजारलाई ‘ड्राइभ’ गर्ने गरे पनि नेपालमा संस्थागत लगानीकर्ताको संख्या र भएका संस्थाको पनि क्षमता कमजोर रहेको उनले भने । त्यस्तै, सूचकमै पनि कारोबार गर्न सक्ने व्यवस्था जरुरत रहेको उनले बताए । ‘एक पटक नेप्से ३० इन्डेक्स चलाउने तयारी पनि भयो, तर त्यत्तिकै सेलायो’ उनले भने । 

विभिन्न सामाजिक सञ्जालबाट निश्चित कम्पनी तोकेर खरिद वा बिक्री गर्न सुझाव दिने गतिविधि गलत भएको उनले स्पष्ट पारे । ‘क्यानडा लगायत अन्य मुलुकमा पनि कसैले कुनै कम्पनी सुझाव दिएर हानी नोक्सानी पर्न गएमा त्यसको क्षतिपूर्ति भराउनेसहित कारबाही हुने गर्छ’ उनले भने, ‘कुनै कम्पनी खरिद, बिक्री गर्ने गरी कसैले सुझाव नै दिँदैन ।’

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ०३ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय