आन्दोलित शिक्षकबारे सरकारको औपचारिक धारणा- स्कुल फर्किनू, विधेयक यसै अधिवेशनमा पारित हुन्छ « Khabarhub

आन्दोलित शिक्षकबारे सरकारको औपचारिक धारणा- स्कुल फर्किनू, विधेयक यसै अधिवेशनमा पारित हुन्छ


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १५ दिनदेखि काठमाडौंमा आन्दोलित शिक्षकहरूबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २० औँ नम्बरमा निर्णय नै गरेर शिक्षकहरूका माग सम्बोधनका लागि आगामी वैशाख १२ गतेदेखि बोलाइएको संसद्को बर्खे अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित गरिने जनाएको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका मन्त्रिपरिषद्का निर्णयमा २० औँ नम्बरमा शिक्षक आन्दोलनबारे मन्त्रिपरिषद्को लिखित धारणा सार्वजनिक गरेका हुन् ।

विभिन्न माग राखी नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गुरुङले विद्यालय फर्किन भनेका हुन् ।

शिक्षकका मागहरूको यथोचित सम्बोधन गर्नेबारे संवादलाई निरन्तरता दिने निर्णय पनि सरकारले गरेको छ ।

‘संघीय संसद्‍मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतको प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ’, गुरुङले भने,‘उक्त विधेयक छिटो पारित गर्न नेपाल सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।’

हाल विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको पनि सरकारले शिक्षकहरूलाई भनेको छ ।

‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को उत्तरपुस्तिका परीक्षण गर्ने एवम् कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्य गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गरी शिक्षकहरूलाई आ-आफ्नो काममा फर्किन आह्वान गर्ने निर्णय भएको छ’, गुरुङले भनेका छन्, ‘सोका लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासंघलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।’

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : ४६ बजे

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती