‘केपी ओली कप’ क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा « Khabarhub

‘केपी ओली कप’ क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । पोखरा रङ्गशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया अन्तिम चारमा पुग्न सफल भयो । यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । खेलमा जितका लागि १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४ ओभरको दोस्रो बलमा चार विकेट गुमाउँदै भेट्टायो ।

अत्तरियाका निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अर्जुनले १४ बलमा दुई चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिँदै आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिँदै आउट भए । ओपनर सोहनकुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारीले रन बनाए । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २र२ तथा भोजराज भट्टले एक विकेट लिए ।

त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैँचा क्रिकेट क्लबलाई सात विकेटले हराएको थियो । १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२ ओभरको तेस्रो बलमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

अत्तरियाले कूल तीन खेलमा तीन जित हात पार्दै छ अङ्कका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले तीन खेलमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रह्यो ।

मालपोखरीले तीन खेलमा एक जित दुई हारसहित दुई अङ्कका साथ तेस्रो स्थानमा रहँदा सुन्दरहरैँचा क्रिकेट क्लब जितविहीन हुँदै पुछारमा रह्यो । प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल काठमाडौँ र हिमाल फ्रेण्ड्स तथा दोस्रो सेमिफाइनल गण्डकी र अत्तरियाबीच हुनेछ ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेल वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी, ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : १७ बजे

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त