लेबनानमा इजरायली आक्रमणः दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको दाबी « Khabarhub

लेबनानमा इजरायली आक्रमणः दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको दाबी


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बेरुत – लेबनानको दक्षिण क्षेत्रमा इजरायली आक्रमणका कारण बुधबार दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले हिजबुल्लाह समूहका एक लडाकुलाई मारिएको दाबी गरेको छ, यद्यपि दुबै पक्षबीच युद्धविराम जारी रहेको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार वाडी अल–हुजैर क्षेत्रमा इजरायली ड्रोनबाट एक सवारीमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको हो । यो स्थान इजरायलको सीमाबाट करिब १२ किलोमिटर टाढा पर्छ । त्यसपछि अर्को आक्रमण हानिन नामक गाउँमा भएको थियो, जहाँ एक जनाको मृत्यु र अर्को घाइते भएका छन् ।

इजरायली सेनाले कान्तारा क्षेत्रमा हिजबुल्लाहको ‘राडवान फोर्स’ का एक सदस्यलाई मारेको जनाएको छ ।

युद्धविराम नोभेम्बर २७ देखि लागू भएपनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । करिब दुई महिनाको खुला युद्धपछि उक्त युद्धविराम लागू भएको थियो । मङ्गलबार दक्षिण लेबनानको आइतारुनमा इजरायली आक्रमणमा घाइते भएका १७ वर्षीय युवकको पनि मृत्यु भएपछि त्यस हमलामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । इजरायलले उक्त हमलामा पनि हिजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयका अनुसार युद्धविराम लागू भएपछि इजरायली आक्रमणबाट लेबनानमा कम्तीमा ७१ सर्वसाधारणको मृत्यु भएको छ । हिजबुल्लाहका सांसद हसन फदलल्लाहले भने,“युद्धविरामपछि हालसम्म १८६ जनाको मृत्यु भइसकेको छ, तर तिनमध्ये कति हिजबुल्लाह सदस्य थिए भन्ने खुलाइएको छैन ।”

सुरक्षा परिषद्को प्रस्तावअनुसार युद्धविरामपछि लेबनानको दक्षिण क्षेत्रमा केवल लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेना मात्रै रहनुपर्ने र हिजबुल्लाहले लिटानी नदीभन्दा दक्षिणबाट लडाकुहरू हटाउनु पर्ने शर्त राखिएको थियो ।

इजरायलले पनि आफ्ना फौजहरू फिर्ता गर्नु पर्ने भए पनि उसले अझै पनि रणनीतिक रूपमा महत्त्वपूर्ण ठानेका पाँच स्थानमा आफ्नो कब्जा कायम राखेको छ । यता, हिजबुल्लाहले लिटानी नदीभन्दा दक्षिणका २६५ सैन्य चौकीमध्ये १९० वटा लेबनानी सेनालाई सुम्पिएको स्रोतहरूले बताएका छन् । लेबनानी सेना अहिले ती क्षेत्रहरूमा तैनाथ भइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : २८ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६