बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, सरकारसँग असन्तुष्ट गगन गयल « Khabarhub

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, सरकारसँग असन्तुष्ट गगन गयल


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक सुरू भएको हो। दुवै दलको कार्यदलस्तरको बैठक सकिएपछि संयन्त्रको बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी छन्।

पछिल्लो समय सरकारको निरन्तर आलोचना गरिरहेका संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा सहभागी छैनन् । उनी कांग्रेस बारा क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन उद्घाटनका लागि बुधबार सिमरा पुगेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ८ : ४५ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि