हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा धुमधामसँग मनाइँदै (तस्बिरहरु) « Khabarhub

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा धुमधामसँग मनाइँदै (तस्बिरहरु)


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक १२ वर्षमा एकपटक आयोजना हुने हलचोक आकाश भैरवको विशेष जात्रा यस वर्ष बैशाख १ गतेदेखि सुरु भएको हो। पुरानो परम्परा अनुसार यो जात्रा पुरै बैशाख महिनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ।

जात्राको सुरुवातमा राष्ट्रप्रमुख स्वयं उपस्थित भई पूजाआजा गर्ने परम्परा रहेको छ। जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीलगायतका देवीदेवताका नृत्य पनि देखाइन्छ।

हलचोक आकाश भैरव नाचगान बैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, र ३१ गते केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्योखा, ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा क्रमशः प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ।

गुठीका अभिलेखअनुसार यो जात्राको सुरुवात नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए। वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए र उहाँकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको हो।

यस जात्राको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ०४ बजे

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई

वामदेव, नारायणकाजी र भगवतीले प्रतिनिधि सभामा उठ्न राष्ट्रिय सभा छाडे

काठमाडौं- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा उठ्न

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय